हत्या भएका वनरक्षकको परिवारलाई सहयोग

Published on

काठमाडौं । एक साताअघि हत्या भएको ईश्वरपुर नगरपालिका–२, राइटरखोर निवासी वनरक्षक रामईश्वर महतो कोइरीको परिवारलाई शनिबार आर्थिक सहयोग गरिएको छ । वन पैदावार विकास समितिमातहत रहेको सागरनाथ वन विकास परियोजना सर्लाही र रतुवामाई वृक्षरोपण आयोजना झापामा कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनको तलबबापतको एक लाख ४४ हजार ९३२ रुपियाँ मृतक वनरक्षक महतोको परिवारलाई प्रदान गरेका हुन् । परियोजनाकै पहलमा विभिन्न मनकारी व्यक्तिले मृतकको परिवारका लागि थप चार लाख रुपियाँ बैङ्कमा जम्मा गरिदिएका सागरनाथ वन विकास परियोजनाका निमित्त परियोजना प्रमुख खेमलाल विश्वकर्माले जानकारी दिनुभयो । 

विश्वकर्माका अनुसार मृतक वनरक्षक रामईश्वरको काजकिरियाका लागि वन पैदावार समितिबाट २५ हजार र सामाजिक सुरक्षा कोषबाट थप २५ हजार उपलब्ध गराइएको छ । ५२ वर्षीय वनरक्षक महतो साइकल चढेर वनगस्तीमा निस्किएका बेला पुस १९ गते घरनजिकै सागरनाथ विकास विकास परियोजना भक्तिपुरको प्लट नं. १० मा टाउको नै छिनाएर बीभत्स ढङ्गले हत्या भएको थियो । उहाँको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका–२, राइटरखोरकै ३५ वर्षीय रामबलि महतोलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा रामबलिले तस्करी गरेर ल्याएको काठ बरामद गरेपछि वनरक्षक रामईश्वरको हत्या गरेको देखिएको छ । 

वनको संरक्षण गर्न र तस्करी रोक्न क्रियाशील वनरक्षक रामईश्वरको तस्करबाट हत्या भएपछि सागरनाथ वन विकास परियोजनाले अब वनगस्ती गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै आफ्ना वनरक्षक तथा कर्मचारी खटाउने निमित्त परियोजना प्रमुख विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार मृतक महतोलाई वन संरक्षक सहिद घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय भएको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...