एकल सिफारिस उम्मेदवार प्रचार–प्रसारमा व्यस्त

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस भएका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा प्रचार–प्रसारमा व्यस्त देखिएका छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीबाट क्रमशः एकल सिफारिस भएका रामचन्द्र यादव र सत्यनारायण यादव चुनावी गतिविधिमा सक्रिय हुनुहुन्छ । यसैगरी, सिराहा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका एकल सिफारिस उम्मेदवार रामचन्द्र यादव र निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका एकल सिफारिस उम्मेदवार लीलानाथ श्रेष्ठ अगुवा कार्यकर्ता भेलामा व्यस्त रहनु भएको छ ।

सिराहा–१ बाट एकपटक सांसद भइसकेका तथा संविधानसभा सदस्य एवम् सामान्य प्रशासन मन्त्रीसमेत भइसकेका भगवानपुर गाउँपालिका–२ का रामचन्द्र यादवले क्षेत्रका ४१ वटै वडामा वडा स्तरीय भेला गर्दै चुनावी तयारी गरिरहनुभएको बताउनुभयो । उहाँका अनुसार पार्टीको विचार र जनजीविकाका मुद्दालाई केन्द्रमा राखेर अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइँदैछ । कम्युनिष्ट पृष्ठभूमिबाट राजनीति सुरु गरेका युवा नेता सत्यनारायण यादव जनता समाजवादी पार्टीका तर्फबाट सिराहा–१ का लागि एकल सिफारिस भएपछि चुनावी जनजागरणमा सक्रिय हुनुहुन्छ । उहाँले मदिरा र रकम बाँडेर चुनाव प्रभावित गर्ने प्रवृत्तिविरुद्ध अभियान चलाइरहेको बताउँदै अहिलेसम्म अधिकांश वडामा पुगिसकेको जानकारी दिनुभयो ।

सिराहा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका एकल सिफारिस उम्मेदवार रामचन्द्र यादवले धनगढीमाई नगरपालिकाको वडा नम्बर १४ अम्बासमा अगुवा कार्यकर्ता भेला गर्दै चुनावी अभियानको सुरुआत गरिसक्नुभएको छ । उक्त भेलामा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको उपस्थिति थियो । जनताको दुःख–सुखमा निरन्तर साथ दिँदै आएकोले यसपटक निर्वाचित हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो । यता सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री लीलानाथ श्रेष्ठ एकल सिफारिस भएपछि आन्तरिक तयारीमा जुट्नुभएको छ । २०७४ र २०७९ मा निर्वाचित श्रेष्ठ तेस्रो कार्यकालका लागि चुनावी मैदानमा होमिनुभएको हो । सडक, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा निरन्तर काम गरेकाले पुनः निर्वाचित हुनेमा ढुक्क रहेको उहाँको भनाइ छ ।

सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट एकल सिफारिस भएका बिल्टु साहले पनि चुनावी सक्रियता बढाउन थाल्नुभएको छ । एकल सिफारिस नभएका दलका आकाङ्क्षी उम्मेदवारहरू भने औपचारिक रूपमा मौन देखिए पनि आन्तरिक रूपमा उम्मेदवार बन्ने तयारीमा जुटिरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...