नेपालगञ्जमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि शुक्रबार नेपालगन्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नेपालगन्जस्थित पशु सेवा तालिम केन्द्रमा सो मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन, कार्यालय बाँकेले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले नेपालगन्जमा बाँकेका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाउँदै निर्वाचन कार्यालय स्थापनापछि निर्वाचनसम्वन्धि प्रक्रियाका सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट सुरु भएको बताउनुभयो । 

बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले बाँके क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारी गाउँपालिकाको कार्यालय भवन अगैयामा, क्षेत्र नम्बर २ को पशुसेवा कार्यालय नेपालगन्जमा र निर्वाचन क्षेत्र ३ को कपास विकास समिति खजुरामा स्थापना गरिएको जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, शसस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल र राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक हरिश विष्ट लगायतको उपस्थिति थियो । 

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा यस पटक तीन लाख ५१ हजार ४३९ जना मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २१ हजार ५३१, क्षेत्र नम्बर दुईमा ९८ हजार ५१२ र क्षेत्र नम्बर ३ मा एक लाख १३ हजार ८९१ मतदाता रहेका छन् । बाँकेमा १३९ मतदान स्थल र ४०० मतदान केन्द्र रहेको पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...