चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण

Published on

काठमाडौं । चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । अल्जेरियाको भू-संवेदन उपग्रह भनेको अल्जेरिया देशले भूमि, वातावरण र प्राकृतिक विपदको निगरानी तथा व्यवस्थापनका लागि अन्तरिक्षमा पठाएको उपग्रह हो ।यस उपग्रहले मुख्यरूपमा भूमि योजना, कृषि व्यवस्थापन, बाढी, पहिरो र अन्य प्राकृतिक विपद न्यूनीकरणका कार्यमा सहयोग पुर्याउँछ । अन्तरिक्षबाट पृथ्वीको सतहको तस्बिर र डाटा सङ्कलन गर्ने क्षमता भएको यस उपग्रहले अल्जेरियालाई दिगो विकास, स्रोत व्यवस्थापन र आपतकालीन परिस्थितिमा छिटो निर्णय लिनमा मद्दत पुर्याउँछ ।

बेइजिङ समयअनुसार दिउँसो १२ बजेर १ मिनेटमा प्रक्षेपण गरिएको उपग्रह निर्धारित कक्षामा सुरक्षित रूपमा प्रवेश गरेको जनाइएको छ । उक्त उपग्रहलाई भूमि उपयोग योजना, प्राकृतिक विपद रोकथाम तथा क्षति न्यूनीकरणका कार्यमा प्रयोग गरिने छ । चीनको लङ मार्च शृङ्खलाको वाहक रकेटमार्फत प्रक्षेपण गरिएको यो अभियान उक्त रकेट शृङ्खलाको ६२६औँ उडान रहेको छ । चीनले अन्तरिक्ष प्रविधि क्षेत्रमा निरन्तर प्रगति गर्दै आएको छ भने यस प्रक्षेपणलाई चीन र अल्जेरियाबिचको अन्तरिक्ष सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...