हिमालयन च्यालेन्जर्स : अभिकलाई पाँच अङ्कको अग्रता

Published on

काठमाडौं । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको सातौं दिन शनिबार शीर्षस्थानमा रहेका अभिक शाहले उजिभानी कँडेललाई पराजित गर्दै पाँच अङ्कको अग्रतालाई कायमै राख्नुभएको छ । लगातार सात खेल जितेका अभिकले अधिकतम २१ अङ्कको जोडेर शीरषस्थानमा पकड बलियो बनाउनुभएको छ । दोस्रो वरीयताका सजल न्यौपाने १६  अङ्कसहित दोस्रोमा हुनुहुन्छ ।

उहाँले सातौँ चरणमा अनरेटेड खेलाडी अरिज राईलाई पराजित गर्नुभयो । लियोन महर्जनलाई हराएर १५ अङ्क बनाउनुभएकी  निहाना श्रेष्ठ तेस्रो स्थानमा हुनुहुन्छ । १९१८ रेटेड अभिकले आठौँ चरणमा निहानाविरुद्ध प्रतिस्पर्धा गर्नुहुनेछ । निहानाविरुद्ध जित हासिल गर्नसके अभिकले एक खेल बॉकी छँदै उपाधि पक्का गर्नुहुनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...