सुनौलो भविष्यको खोजीमा रुस गएका कञ्चनपुरका दिनेश नायक लामो समयदेखि सम्पर्कविहीन

Published on

निलाक्सी चन्द

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, ब्रह्मदेवका नेपाली विद्यार्थी दिनेश नायक रुसमा बिगत दुई वर्षदेखि सम्पर्कविहीन रहेका छन् । दिनेश नायकको भाउजु भागरती नायकका अनुसार “दिनेश उच्च शिक्षा अध्ययनका लागि वि.सं २०८० असार ८ गते रुस गएका थिए।अध्ययनको क्रममा आर्थिक समस्याको कारण उनी दुई महिनापछि रुसी सेनामा भर्ती हुन बाध्य भए र सोही वर्ष मङ्सिर १० गते परिवारसँग अन्तिम कुराकानी भएको थियो र त्यसपछि परिवारको उहाँसँग कुनै पनि सम्पर्क नरहेको जनाएको छ।

परिवारका अनुसार दिनेशको अवस्थाबारे हालसम्म केही पनि स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। यस विषयमा परिवारले स्थानीय तहदेखि सम्बन्धित निकायसम्म जानकारी गराउँदै आएको भए पनि कुनै ठोस सूचना नआएको जनाएको छ। विदेशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपाली युवाहरूको सुरक्षासँग जोडिएको यो विषयलाई मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने स्थानीय सरोकारवालाहरूको भनाइ छ।

परिवारले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा मस्कोस्थित नेपाली दूतावासको सहयोगमार्फत दिनेश नायकको अवस्थाबारे जानकारी प्राप्त हुने आशा व्यक्त गरेको छ।

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...