हिमालयन च्यालेन्जर्स चेसमा अभिक च्याम्पियन

Published on

काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बन्नुभएको छ । उहाँले अन्तिम तथा नवौँ चरणमा हार्दिक पन्तलाई पराजित गर्नुभयो । कूल एक लाख ३५ हजार रुपियाँ पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । लगातार नौ दिनको रोमान्चक प्रतिस्पर्धा पछि द ब्रिटिश कलेजका सजल न्यौपाने (१९ अङ्क) उपविजेता बन्नुभयो । संस्कार गुरुकुल स्कुलका आशिर्वाद थापा तेस्रो हुनुभयो । 

स्वीस लिग प्रणालीअनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा १९१८ रेटेड अभिकले सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभाङ्ग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन, उजिभानी कँडेल, निहाना श्रेष्ठ र हार्दिकको चुनोती पन्छाउँदै शतप्रतिशत जितसहित अधिकतम २७ अङ्क जोडेर उपाधि कब्जा गर्नुभएको हो । यसैगरी महिलातर्फ निहाना श्रेष्ठ १५ अङ्कसहित पहिलो हुनुभयो । समान  १५ अङ्क जोडेपनि टाइब्रेकरको आधारमा उजिभानी कँडेल दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रोमा रहनुभयो ।  यू–८ तर्फ विराज सरिया, यू–१० मा शुभांग प्रधान, यू–१२ मा हार्दिक पन्त, यू–१४ मा प्रवीर केसी र यू–१६ मा विमश लोहनी पहिलो हुनुभयो । 

कूल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेसमा फिडे रेटेड १५ खेलाडीसँगै अनरेटेड १५ जना सहभागि थिए । विजेतालाई हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, प्रमुख अथिति नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, राष्ट्रिय खेलकुद परिषदका सदस्य कुमार लामा घिसिङ, कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्रकुमार राई, काठमाडौँ चजिल्ला चेस सङ्घका अध्यक्ष केशव श्रेष्ठ, साहसिक खेल विज्ञ राजीव चन्द, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निर्देशक टिका निधि लोहनी, ललिता राई लामालगायतले  पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...