साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

Published on

काठमाडौं । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ । पोखरा रङ्गशालामा हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने छ । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने खेलमा लिगपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ । 

नेपाली टोलीका खेलाडीहरुमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, वर्षा कुवँर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, माया मास्के र मीनमाया श्रेष्ठ रहनुभएको छ । यस्तै टोलीमा निर्मला आचार्य, प्रजिता राई, पूर्णिमा ताडी, सारा लिम्बू, सबनम राई, सलोनीकुमारी चौधरी, संगीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशिला केसी र यमकुमारी विक हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...