टी–२० विश्वकप : अभ्यास खेलमा श्रीलङ्का ‘ए’ सँग नेपालको दोस्रो हार

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकप तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपालले श्रीलङ्का ‘ए’ सँग लगातार दोस्रो हार खेपेको छ । कोलम्बो कोल्ट्स क्रिकेट क्लब मैदानमा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली श्रीलङ्कासँग ७३ रनले पराजित भयो । जितका लागि श्रीलङ्का ‘ए’ ले दिएको दुई २३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा एक सय  ४९ रनमा समेटियो । नेपाल यसअघि पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक ४१ रन बनाउनुभयो । यस्तै लोकेश बमले २५ र कप्तान रोहित पौडेलले १८ रन बनाउनुभयो । अन्या ब्याट्सम्यान चल्न सकेनन् । बलिङमा श्रीलङ्काका नुवान तुषाराले तीन विकेट लिनुभयो । चरिथ करुणारत्ने र मादी हेमन्थाले दुई दुई विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काकाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा  दुई सय २२ रन बनाएको थियो । 

श्रीलङ्काकाका लागि लाहिरु उदाराले ९३ रन बनाउनुभयो । यस्तै सहन आराच्चिगे अविजित ५५ र लसिथ क्रुसपुलेले ५३ रन बनाउनुभयो । बलिङमा नेपालका कुशल भुर्तेल र नन्दन यादवले दुई दुई तथा करण केसीले एक विकेट लिनुभयो । दुई टोलीबिच तेस्रो खेल शनिबार हुनेछ । त्यसपछि नेपाली टोली थप तयारीका लागि उतैबाट टोली भारत जानेछ । नेपालले भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट–११ सँग तीन वटा टी–२० अभ्यास खेल खेल्नेछ । 

विश्वकपमा नेपाल कठिन समूहमा 

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने छ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो । नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...