कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो

Published on

काठमाडौं । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५५ पुगेको कराचीका एक सरकारी अधिकारीले बिहीबार बताएका छन् । कराचीको दक्षिणी जिल्लाका उपायुक्त जावेद नबी खोसोले भन्नुभयो, “शनिबार राति आगलागी भएपछि हालसम्म कुल ५५ जनाको शव उद्धार गरिएको छ ।” उहाँका अनुसार उद्धार कार्य अझै जारी छ र भग्नावशेषभित्र मानव अवशेष खोज्ने प्रयास भइरहेको छ । तीन तले गुल प्लाजामा भएको आगलागीपछि अझै केही व्यक्ति बेपत्ता रहेको आशङ्कामा आफन्तले उद्धार कार्य ढिलो भएको भन्दै आलोचना गरेका छन् । घटना स्थलमा उद्धारकर्ताले निरन्तर खोजी गरिरहे पनि धेरै परिवार अझै आफ्ना प्रियजनको अवस्थाबारे अनिश्चिततामा रहेका छन् ।

प्रान्तीय स्वास्थ्य अधिकारी डा.सुमैया सैयदले बुधबार पत्रकारसँग कुरा गर्दै ५० भन्दा बढी परिवारले डिएनए नमूना उपलब्ध गराइसकेको जानकारी दिनुभयो । उहाँले सिभिल अस्पताल कराचीको शवगृह बाहिर भन्नुभयो, “डिएनए नमूना मिलान भएपछि मात्र हामी शव वा अवशेष सम्बन्धित परिवारलाई सम्मानपूर्वक हस्तान्तरण गर्ने छौँ ।” कराचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना बेला-बेला हुने गरेको पाइन्छ । तर अधिकारीका अनुसार यस पटकको आगलागीको परिमाण र मानवीय क्षति असाधारण र दुर्लभ रहेको छ । यस घटनाबारे छानबिन गर्न सरकारी समितिले अनुसन्धान सुरु गरिसकेको छ । तर आगलागी कसरी र किन भयो भन्ने विषयमा हालसम्म स्पष्ट कारण पत्ता लाग्न सकेको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...