राष्ट्रिय लिगमा मनाङको पहिलो जित

Published on

काठमाडौं । मनाङ मर्स्याङदी क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित निकालेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा मनाङले काँक्रे बिहार क्लबलाई ५–१ गोलले हरायो । चार खेलपछि पहिलो जित निकाल्ने क्रममा मनाङका लागि गिडेयोन नाहले दुई तथा सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङले एक एक गोल गर्नुभयो ।

काँक्रे बिहारका लागि सन्दीप देउवाले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै मनाङले तीन अङ्क बनाएको छ । लगातार चौथो हार खेपेको काँक्रे बिहारले अङ्कको खाता खोल्न सकेको छैन । लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...