राष्ट्रिय लिगमा मनाङको पहिलो जित

Published on

काठमाडौं । मनाङ मर्स्याङदी क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित निकालेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा मनाङले काँक्रे बिहार क्लबलाई ५–१ गोलले हरायो । चार खेलपछि पहिलो जित निकाल्ने क्रममा मनाङका लागि गिडेयोन नाहले दुई तथा सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङले एक एक गोल गर्नुभयो ।

काँक्रे बिहारका लागि सन्दीप देउवाले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै मनाङले तीन अङ्क बनाएको छ । लगातार चौथो हार खेपेको काँक्रे बिहारले अङ्कको खाता खोल्न सकेको छैन । लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...