पाँच रुपियाँमा बिक्री नहुने मकै १५ मा बिक्री

Published on

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका –१९ को हात्तीखाल गाउँभरिको बारीमा मकै खेती गरिएको छ । मकै खेती गर्नुभएका किसान एवम् तुलसीपुर –१९ का वडा सदस्य रेवती विश्वकर्माले वर्षायाममा प्रतिकोसा पाँच रूपियाँमा बिक्री नहुने मकै हिउँदमा भने १५ रूपियाँमा बिक्री हुँदा पनि पुर्याउन गाह्रो परेको बताउनुभयो । हात्तीखालका अर्का किसान तेजेन्द्र विश्वकर्मा दुई कठ्ठा बारीमा हिउँदमा गहुँ खेतीबाट दुई हजार रूपियाँको गहुँसमेत उत्पादन नहुने बारीमा आधा बारीको मकै कोसा हालसम्म पाँच हजारमा बिक्री गरेको बताउनुभयो। हिउँद याममा हिउँदे वर्षाको भर पर्नु यहाँका किसानहरूलाई टेलिया कुलो पक्की भएपछि सिँचाइ सुविधा सहज भएपछि वर्षमा तीन बाली उत्पादन गर्न थालिएको अर्का किसान मनोज विश्वकर्माले बताउनुभयो ।

टेलिया सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष केशर बस्नेतले ग्वार खोलाकै पुरानो सिँचाइ कुलो भएता पनि पक्की नहुँदा पर्याप्त सिँचाइ सुविधा पुर्याउन नसकिएको बताउनुभयो । उहाँले  तुलसीपुर –१९ ग्वार खोलाको कुटेचौरदेखि पकर्रेसम्म पक्की हुँदा हिउँदयाममा सिँचाइ गर्न विगतभन्दा सहज भएको र किसानले वर्षमा तीन बालीसम्म उत्पादन सुरू गरेको बताउनुभयो । उहाँले कुलो पक्की भएसँगै कुटेचौर, रनियापुर, बाँसगढी, दोघर्रे, हाडिमे, खरखरे, स्थानगाँउ, पकर्रे, हात्तीखालका किसानहरूले बेमौसमी तरकारी खेती, हिउँदयाममा मकै खेती सुरू गरेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...