राष्ट्रिय लिग : जावलाखेललाई हराउँदै एपिएफ शीर्षस्थानमा

Published on

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई २–१ गोलले हरायो । एपिएफ जारी लिगमा अपराजित टोली हो । एपिएफको जितमा दुवै गोल समीरराज थोकरले गर्नुभयो । जावलाखेलका धर्बेन्द्र कुँवरले सान्त्वना गोल गर्नुभयो । 

जितसँगै एपीएफले चार खेलबाट १२ अङ्क बनाएको छ । समान खेलबाट १० अङ्क बनाएको लालीगुराँस एसोसिएसन दोस्रो स्थानमा छ । तेस्रो हार खेलेको जावलाखेलको तीन अङ्क छ । लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...