पोखरामा शनिबारदेखि साफ यु-१९ महिला फुटबल हुने

Published on

काठमाडौं । पोखरामा पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबल प्रतियोगिता हुने भएको छ ।  पोखरा रङ्गशालाको फुटबल मैदानमा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।  प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल  फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश साहका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । 

साफका महासचिव पुरुषोत्तम कट्टेलले साफमा सहभागी हुने टिम बिहीबार पोखरा आइपुगेको जानकारी दिनुभयो । कट्टेलका अुनसार प्रतियोगिताको लागि नेपाली यु-१९ टोली बन्द प्रशिक्षणमा रहेको छ भने मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ रहनु भएको छ । महिला साफमा सहभागी हुने टिमलाई पोखाको लामचौरस्थित घोस्ते खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।प्रतियोगिता सम्पन्न गर्न दुई करोड ४५ लाख लाग्ने अनुमान गरिएको  छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...