पोखरामा शनिबारदेखि साफ यु-१९ महिला फुटबल हुने

Published on

काठमाडौं । पोखरामा पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबल प्रतियोगिता हुने भएको छ ।  पोखरा रङ्गशालाको फुटबल मैदानमा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।  प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल  फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश साहका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । 

साफका महासचिव पुरुषोत्तम कट्टेलले साफमा सहभागी हुने टिम बिहीबार पोखरा आइपुगेको जानकारी दिनुभयो । कट्टेलका अुनसार प्रतियोगिताको लागि नेपाली यु-१९ टोली बन्द प्रशिक्षणमा रहेको छ भने मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ रहनु भएको छ । महिला साफमा सहभागी हुने टिमलाई पोखाको लामचौरस्थित घोस्ते खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।प्रतियोगिता सम्पन्न गर्न दुई करोड ४५ लाख लाग्ने अनुमान गरिएको  छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...