सहिद दिवसको अवसरमा आठौँ व्यास नगर अल्ट्रा म्याराथन सुरु

Published on

काठमाडौं । सहिद दिवसको अवसर पारेर तनहुँको व्यास नगरपालिकामा ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ प्रतियोगिता आजदेखि सुरु भएको छ । ‘पर्यटन, धार्मिक एवम् ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नाराका साथ आयोजित यस प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा श्रेष्ठले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने नगरपालिकाको यो प्रयास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यस्ता साहसिक खेलकुदले जिल्लाको पर्यटकीय र ऐतिहासिक क्षेत्रको प्रचारप्रसारमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । खेलकुदले नागरिकको स्वास्थ्यमा मात्र नभई समग्र क्षेत्रको आर्थिक र सामाजिक विकासमा समेत सघाउ पुर्‍याउने उहाँको भनाइ थियो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई सहिदहरूको बलिदानको स्मरण गर्ने र स्थानीय पहिचानलाई विश्वमाझ उजागर गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले यो प्रतियोगिताले विशेषगरी मगर र गुरुङ समुदायको मौलिक सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो । स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र पर्यटनलाई ग्रामीण तहसम्म पुर्‍याउन यो अभियान कोसेढुङ्गा सावित हुने उहाँको भनाइ छ ।

प्रतियोगिता अन्तर्गत धावकहरूले मानुङकोटबाट अलैंचे, चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटारचोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै सहिद गाउँ पुलिमराङसम्मको दूरी तय गर्ने छन् । सूचना अधिकारी केदारराज आचार्यले देशभरका विभिन्न जिल्लाबाट सहभागी भएका धावकहरूमध्ये प्रथम हुनेले ८५ हजार ७७ रुपियाँ, द्वितीयले ६५ हजार ७७ रुपियाँ र तृतीयले ५५ हजार ७७ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै पाँच जना धावकलाई सान्त्वना पुरस्कार स्वरूप जनही १६ हजार ७७ रुपियाँ प्रदान गरिने नगरपालिकाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...