टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा विजयी

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसीए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ । शुक्रबार राति भएको खेलमा जितका लागि एक सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित सर्वाधिक ५० रन बनाउनुभयो । यस्तै ओपनर कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले १६ रन बनाउनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीएले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । एमसीएका लागि सिद्धार्थ आकरेले सर्वाधिक २८ र परिक्षित वलसंकरले २७ रन बनाउनुभयो । बलिङमा नेपालका नन्दन यादवले दुई तथा शेर मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो । नेपालले दोस्रो अभ्यास खेल शनिबार खेल्नेछ । त्यसपछि नेपालले चेन्नईमा फेब्रुअरी ३ मा संयुक्त अरव इमिरेट्स (युएई) र फेब्रुअरी ५ तारिख क्यानडासँग ‘वार्म अप’ खेल खेल्नेछ । त्यसपछि नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...