उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

Published on

काठमाडौं । पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगपालिकालाई आगो निभाउने यन्त्र हस्तान्तरण गरेको छ । पसल वा घरमा आगलागि भएमा तत्काल नियन्त्रणका लागि संघले नेपालगन्ज उपमहानगरलाई २५ वटा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गरेको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले संघको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई २५ वटा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरका नगर प्रमुख बिष्टले उपमहानगरमा भएका अधिकांश आगलागिका घट्ना बिद्युत शर्ट भए हुने गरेको पाईएको जनाउँदै घर पसल बनाउँदा गुणस्तरीय विद्युतका तार तथा उपकरण लगाउनु पर्नेमा जोड दिनुभयो । 

उहाँले नेपालगन्ज आगलागिको अत्यधिक जोखिममा रहँदै आएको जनाउँदै सो बाट जोगिनका लागि सुरक्षाका सबै उपायहरु अपनाउनुका साथै हरेक घर र पसलमा आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर राख्नु पर्नेमा जोड दिनुभयो । सोही प्रकारले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले ठुलो लगानी लगाएर घर बनाउने, पसल तथा उद्योग खोल्ने तर सुरक्षाका उपायहरुबारे ध्यान नदिने गर्दा नै आगलागि लगायतका घटनाले ठुलो क्षति हुने गरेको बताउनुभयो । उहाँले लाखौं लगानी गर्नेले केही हजार मात्र लगाएर आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर राखेमात्रै पनि क्षति धेरै घटाउन सकिने बताउनुभयो । सोही अवसरमा नेपालगन्जका नगर प्रमुख बिष्टले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक शेखर खड्कालाई दुई थान आगो निभाउने यन्त्र फायर स्ट्रिगुसर हस्तान्तरण गर्नुभयो । 

उहाँले दुई थान आगो निभाउने सो यन्त्र नेपालगन्ज उद्योग वाणिज्य संघलाई पनि प्रदान गर्नुभयो । बाँकी २१ वटा फायर स्ट्रिगुसर नेपालगन्ज उपमहानगरपालिकामा राखिनेछ । सो कार्यक्रममा आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, नेपालगन्ज उपमहाानगरका विपद व्यवस्थापनि समितिका संयोजक समिर प्रतापसिंह, नेपालगन्ज उद्योग वाणिज्य संघको विपद व्यवस्थापन समितिका संयोजक टिकामणी उपाध्याय, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम रानाभाट, नेपाल रेडक्रस सोसाइटीका प्रह्लाद बिश्वकर्मा र युनिसेफका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । नेपालगन्ज उपमहानगरपालिकाको बारुण यन्त्र शाखाका अनुसार जिल्लामा भएका आगलागीका घटनाहरुमा विद्युत सर्टका कारण मात्र ४१.३७ प्रतिशत घटना भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...