झापा ५ मा निर्वाचन आचारसंहिता पालना गराउने प्रतिबद्धता

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा बन्दोबस्त मिलाइएको र निष्पक्ष तथा भयरहित अवस्था सुनिश्चितता गरिने बताइएको छ । निर्वाच अधिकृतको कार्यालय क्षेत्र नंं ५ दमकमा भएको सर्वपक्षिय छलफलमा निर्वाचन आचारसंहिता पालना नभएको गुनासो आएको बताउँदै यसलाई गम्भीर रूपमा लिएर आचारसंहिता पालना गर्न र गराउन लाग्ने प्रमुख निर्वाचन अधिकृतसहित सरोकारवालाहरूले प्रतिबद्धता पनि जनाएकाछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले यसै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । दुबै जनालाई पार्टीले प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मी सङ्ग्रौला लगायतले पनि चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।

झापाका प्रमुख निर्वाचन अधिकृत उमेरशप्रसाद लुइटेलले निर्वाचनको कार्यक्रम सार्वजनिक भएर निर्वाचन अधिकृतको कार्यालय बसेपछि ३ पटक राजनीतिक दलका प्रतिनिधिहरूसँग तथा सर्वपक्षीय छलफल भइसकेको बताउनुभयो । ‘‘आचारसंहिता पालना नभएको विषयमा गुनासो आएका छन् र त्यस्तो अवस्था पनि देखिन्छ,’’ उहाँले भन्नुभयो, ‘‘आचारसंहिता पालना गर्न हाम्रो अनुरोध छ र पालना नभए अब कारबाही सुरु गर्छौ ।’’ झापामा अन्य क्षेत्रहरूका कारबाही सुरु भइसकेको र आचारसंहिता पालना गराउन सचेत गराइएको लामिछानेले जनाउनुभयो । झापामा राजनीतिक दलहरूले तडकभडकसहित घरदैलो अभियान गर्दै आएका छन् । ठाउँठाउँमा प्रचार सामग्रीहरू राख्ने कार्य पनि भएको भन्दै छलफलमा सहभागीहरूले आपत्ती जनाएका थिए । यसैगरी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आचारसंहिता पालना गर्न आग्रह गर्दै यो राजनीतिक दल र उम्मेदवारहरूका लागि नै भएको बताउनुभयो । आचारसंहिता पालना गरेर भयरहित अवस्थामा निर्वाचन गराउन सबैको साथ र सहयोगको अपेक्षा छ, उहाँले भन्नुभयो ।

आचारसंहिता अनुगमन अधिकृतहरूद्वारा आचारसंहिता पालना भए नभएको विषयमा अनुगमन भइरहेको र त्यस आधारमा अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो । झापा ५ लाई विशेष चासोका साथ हेरिएको जनाउँदै सबैको साथले मात्र निर्वाचन स्वच्छ र भयरहित बन्ने उहाँले जनाउनुभयो । नेकपा एमालेका नेता रोमनाथ ओली, संविधान सभा सदस्य दीपक कार्की, नेपाली कांग्रेसका प्रेम भट्टराई, नेकपाका तिर्थराज बस्नेत, राप्रपाका टङ्कप्रसाद पाठक लगायतले आचारसंहिता कसैलाई लाग्ने र कसैलाई नलाग्ने हुनेजस्तो अवस्था देखिएको भन्दै सरोरकारवालाहरूको ध्यानकर्षण गराएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...