बागलुङमा मिनीबस व्यवसायीको चक्काजाम

Published on

काठमाडौं । बागलुङ–कुश्मा चल्दै आएका छोटा दूरीका मिनीबसले नयाँ बसपार्क उपल्लाचौरमा जान नसक्ने र ट्राफिक चोकबाटै छुट्नुपर्ने माग राख्दै सडक ठप्प पारेका हुन् । बागलुङ–कुश्मा १४ वटा मिनीबस १५ मिनेटको दूरीमा छुट्दै आएका छन् । उनिहरुले नयाँ बसपार्क उपल्लचौरबाट १४६ रुपियाँ पार्किङ शुल्क तिर्न नसक्ने र यात्रुको माग अनुसार उपल्लाचौर पुग्न नसक्ने बताउँदै आएका छन् । 

उनिहरुले कर्मचारी, विद्यार्थीलाई बजार छोड्नुपर्ने भन्दै रामरेखाको बाटो उपल्लाचौर पुग्न नसक्ने माग राखेर सडक चक्काजाम गरेका छन् । सडक ठप्प भएपछि लामो तथा छोटो दूरीका लागि छुटेका बस तथा जिपहरु गन्तव्यतर्फ जान सकेका छैनन् भने यात्रुहरु अलपत्र परेका छन् ।

उनिहरुले अत्यावश्यकको सवारीसाधन भने जान दिइएको जनाएका छन् । छोटो दूरीका बसलाई पार्किङ शुल्कका नाममा व्यवसायबाट पलायन बनाउन खोजेको गुप्तेश्वर यातयात प्रालिका सचिव लक्ष्मण जिसीले बताउनुभयो । उहाँले बागलुङ बजारका यात्रुलाई उपल्लाचौर छोड्न नसक्ने बताउदै आन्दोलनमा उत्रेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...