क्वोंने समाज युकेले बनायो कागबेनीमा गुम्बा

Published on

काठमाडौं । क्वोंने (घोण्डे–घोताने) गुरुङ समाज युकेले मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनीमा बौद्ध गुम्बा निर्माण गरेको छ । करिब ६३ लाख रुपियाँमा निर्माण गरिएको गुम्बाले धार्मिक पर्यटक बढाउने विश्वास समाजले गरेको छ । गुम्बा निर्माण समितिका संयोजक राजेन्द्र गुरुङले एक वर्षभित्रमा निकै मेहनतसाथ पवित्र भावनाले गुम्बा निर्माण गरिएको बताउनुभयो । दूर्गम र अति पवित्र रमणीय ठाउँमा गुम्बा निर्माण गरिएकाले खर्चिलो र समय लागेको बताउनुभयो । 

पितृहरुको अस्तु विसर्जन गरिने पवित्र धार्मिक स्थलको रुपमा रहेको कागबेनीमा गुम्बा निर्माणले बौद्ध धर्मका प्रवर्तक तथा धार्मिक पर्यटकहरुको चहलपहल बढ्ने विश्वास उहाँले गर्नुभयो । सनातनकालदेखि चल्दैआएको पितृ तर्पणको काममा थप सहज हुने उहाँको भनाइ छ । क्वोंने गुरुङ (तमु) समाज युकेका अध्यक्ष कुमार गुरुङले १० वर्षअघि गठन भएको समाजले गुम्बा निर्माण गरेको बताउनुभयो । माघ २८ गते (फेब्रुअरी ११, २०२६) मा गुम्बाको विधिवत उदघाटन गरिने बताउनुभयो । पवित्र भावना राखी गुम्बा निर्माण गरिएको उहाँले बताउनुभयो ।

चेलीबेटी समूहका प्रमुख लिना गुरुङले मुस्ताङ भ्रमणमा जाँदा गुम्बा निर्माणको परिकल्पना गरिएको बताउनुभयो । कागबेनी, मुक्तीनाथ, कोरला नाकाको भ्रमणका क्रममा सो ठाउँका लागि केही न केही गर्ने मनमा इच्छा व्यक्त भएपछि अग्रजहरुको सल्लाहअनुसार गुम्बा निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।  भ्रमणमा जाँदा त्यहाँ पूजापाठ र तर्पण चढाउनेबेला भक्तजनलाई बत्ती बाल्नसमेत समस्या देखेको बताउँदै खुला र अग्लो ठाउँमा हावाको बेगले धुपबत्ती जलाउने समस्या देखेर गुम्बा निर्माणको इच्छा व्यक्त भएको बताउनुभयो । पवित्र धार्मिक ठाउँमा केही गरुँ भनेर गुम्बा निर्माण गरिएको बताउनुभयो । उहाँले आफू १७ वर्ष हङकङ र १५ वर्षदेखि युकेमा बसोबास गर्दैआएको बताउनुभयो ।

प्राणी जगतको कल्याण हेतु आफूले सो ठाउँमा गुम्बा निर्माण गर्ने परिकल्पना गरेको र अग्रज र अभिभावकहरुको परामर्शमा गुम्बा निर्माण गरिएको जानकारी दिनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...