नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री अर्याल

Published on

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताउनुभएको छ। बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा उहाँले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताउनुभएको हो । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थामा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको गृहमन्त्री अर्यालको भनाइ छ । 

हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभूत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उहाँले बताउनुभयो । नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको भन्दै उहाँले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकास र स्थायित्वको आधारस्तम्भ भएको उहाँको भनाइ छ। 

गृहमन्त्री अर्यालले आगामी दिनमा पनि ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अत्याधुनिक सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। प्रतिस्पर्धी बजारमा नेपाल टेलिकमले आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनलाई सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। कम्पनीको बृहत् सञ्जाल, पूर्वाधार, दक्ष मानव संसाधन र बजार सम्भावनाको कुशल व्यवस्थापनमार्फत प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न उहाँले आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘नेपाल टेलिकम एक केवल दूरसञ्चार कम्पनी मात्रै होइन, यो राज्यको डिजिटल मेरुदण्ड हो। दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्‍याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ।

प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालीन अवस्थामा नेपाल टेलिकमले खेलेको भुमिका स्मरणीय र प्रशंसनीय रहेको छ।’ उहाँका अनुसार टेलिकमले सेवा विस्तारसँगै डिजिटल साक्षरता प्रवर्धन, विद्युतीय सरकारको अवधारणा कार्यान्वयन तथा ज्ञानमा आधारित समाज निर्माणमार्फत राष्ट्र निर्माणमा योगदान दिँदै आएको छ। सार्वजनिक सेवा सरकार र नागरिकलाई जोड्ने सेतु भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले नागरिक र सरकार सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

देउवा समूहको कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी तीव्र

काठमाडौँ –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको...

कांग्रेस पुरानो पार्टी हो तर फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ : शशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेस इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डा. शशांक कोइरालाले...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको...

आज पनि विभिन्न राजमार्ग सञ्चालनमा ल्याउन सकिने अवस्था छैनः प्रहरी

काठमाडौँ - लगातारको वर्षाका कारण देशका मुख्य राजमार्गमा यातायात प्रभावित बनेको छ । वर्षाका...