सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ४ का मतदाताहरूले उम्मेदवारहरूसँग वर्षौँदेखिको समस्या समाधानका लागि ठोस योजना र प्रतिबद्धता माग गरेका छन्। भोक्राहा नरसिंह गाउँपालिका ५ का स्थानीयहरूले नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतसँग सुनसरी खोला तटबन्ध निर्माण, बाढी नियन्त्रण र युवालाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने योजना सोधेका छन्। स्थानीय मतदाता सतार मंसुरीले उम्मेदवारले घोषणा पत्रमा आफ्नो माग समावेश गर्नुपर्ने जोड दिनुभयो।

कोशी गाउँपालिका ३ का मतदाताले नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीलाई कोशी टप्पु पर्यटन विकास, तटबन्ध सुरक्षा, बाढी नियन्त्रण र जङ्गली जनावर नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन्। बराहक्षेत्र नगरपालिका ६ का मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिवक साहसँग पुल निर्माण, कक्षा १२ सम्म शिक्षा उपलब्ध गराउने, र भ्रष्टाचार मुक्त क्षेत्र बनाउने ठोस योजना ल्याउन आग्रह गरेका छन्।

सविता यादवका लागि जनता समाजवादी पार्टी नेपालका उम्मेदवारलाई कोशी गाउँपालिका ७ हरिपुरका मतदाताले सुकुम्बासी समस्या समाधान, शिक्षा–स्वास्थ्य पहुँच, र स्थानीय सेवा सुनिश्चित गर्ने घोषणापत्र ल्याउन माग गरेका छन्। सुनसरी–४ मा ३२ वटा वडासहित तीन नगरपालिका र तीन गाउँपालिका छन्। यहाँ ३४ उम्मेदवार चुनावी मैदानमा छन् र १ लाख ३७ हजार ३४० मतदाताका लागि १५० मतदान केन्द्रमा ४२ स्थान तयार गरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...