नरैनापुर गाउँपालिकाको सेवा नयाँ भवनबाट

Published on

काठमाडौं । लामो समयको प्रतीक्षापछि बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएसँगै पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बुधबार नवनिर्मित भवनको उद्घाटन गरेसँगै सम्पूर्ण सेवा सोही भवनबाट दिन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताउनुभयो ।

उहाँका अनुसार दुई वर्षअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै सञ्चालनमा आउन सकेको थिएन । पटक–पटक म्याद थप हुँदा पनि काम नसकिएपछि गाउँपालिकाले वडा कार्यालयबाट अस्थायी रूपमा कार्यसम्पादन गर्दै आएको थियो । नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह सहज हुने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन् । भवन उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष शाहले ढिलै भए पनि आफ्नै भवनबाट जनतालाई सेवा दिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि साविकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिँदा स्थान अभावले समस्या हुने गरेको थियो, अब नागरिकले सुविधासम्पन्न भवनबाट सहज रूपमा सेवा पाउनेछन् ।”

गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत भरत बस्नेतका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपियाँको लागतमा उक्त प्रशासनिक भवन निर्माण गरिएको हो । भवन निर्माणमा सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको छ । गाउँपालिकाका सूचना अधिकारी एवं वडा अध्यक्ष लक्ष्मीकान्त मिश्रले नयाँ र सुविधासम्पन्न भवनबाट सेवा सुचारु भएपछि सेवाग्राहीलाई धेरै सहज हुने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...