साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

Published on

काठमाडौं । जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनाधिकृत पहुँच भएको पुष्टि गरेको छ । प्रारम्भिक विवरण अनुसार करिब २८ हजार प्रयोग कर्ताको व्यक्तिगत जानकारी चुहिएको हुन सक्ने अनुमान गरिएको छ । चुहिएको जानकारीमा प्रयोग कर्ताको नाम, इमेल ठेगाना र फोन नम्बर समावेश छ । यद्यपि, बैँक कार्ड नम्बर, पासवर्ड वा अन्य संवेदनशील विवरण चुहिएको छैन, जसले ठुलो वित्तीय क्षति हुने जोखिम कम गरेको छ । एयरलाइन्सले यस समस्याको समाधानका लागि वस्तु वितरण सेवा अस्थायी रूपमा बन्द गरेको छ । 

कम्पनीले यस घटनाले ग्राहक सेवामा असर नगर्ने र अन्य सेवा प्रणाली सुरक्षित रहेको पनि स्पष्ट पारेको छ । घटना सार्वजनिक भएपछि कम्पनीले सुरक्षा मापदण्ड कडा गर्ने, प्रणालीको कमजोरी पहिचान गर्ने र भविष्यमा यस्ता घटना नदोहोरिन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । विशेषज्ञहरूले यो घटनालाई व्यक्तिगत डेटा सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता भएको उदाहरणका रूपमा लिएका छन् । उहाँहरूको सुझाव अनुसार प्रयोग कर्ताले आफ्ना व्यक्तिगत विवरणको सुरक्षा गर्न सतर्क रहनु आवश्यक छ । कम्पनीले प्रणालीमा थप प्राविधिक सुरक्षा उपाय लागु गर्नुपर्ने चेतावनी पनि दिइएको छ । यो घटनाले व्यक्तिगत डेटा सुरक्षित राख्न कम्पनी र प्रयोग कर्ताबिचको जिम्मेवारीलाई पुनः स्मरण गराएको छ र डिजिटल सुरक्षा सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

झापा–५ मा चुनावी माहोल, प्रचारप्रसारमा दल

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ मा उम्मेदवारहरूले...

क्यानडामा गोलीकाण्ड, नौ जनाको मृत्यु

काठमाडौं । पश्चिमी क्यानडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु...

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकार बङ्गलादेशमा

काठमाडौं । बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औँ आम चुनाव र जुलाईमा हुने जनमत...

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

काठमाडौं । चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ,...