मतदाता शिक्षाका लागि बाँकेका ८१ वडामा ८१ जना स्वंयसेवक परिचालन

Published on

काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदातालाई सही मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिनुका साथै मतदान गर्न उत्पे्ररित गर्ने उदेश्यले गाउँ गाउँमा मतदाता शिक्षा दिने तयारी सुरु गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लामा मतदाता शिक्षाका लागि आठवटै स्थानीय तहमा अधिकृत स्तरका कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर गाउँगाउँमा पुर्‍याउन थालिएको हो । 

उहाँले मतदाता शिक्षाका लागि स्थानीय तहहरुमा स्वयंसेवक परिचालन गर्न पत्राचार गरिएको जानकारी दिँदै मतदाता शिक्षाका लागि जिल्लाका ८१ वडामा ८१ जना स्वंयसेवक पनि परिचालन गरिने बताउनुभयो । निर्वाचन अधिकारी शाहीले भन्नुभयो, “निर्वाचन आयोगबाट कार्यक्रम आइसकेको छ, केही प्राविधिक काम बाँकी छ, त्यसपछि हामी मतदाता शिक्षा कार्यक्रम सुरु गर्छौँ ।” उहाँका अनुसार मतदाता शिक्षाका लागि स्थानीय तहहरुमा तोकिने सम्पर्क व्यक्तिहरुलाई तालिम प्रदान गरिने र सम्पर्क व्यक्तिले पुनः स्थानीय तहका वडाहरुमा छनोट भएका स्वंयसेवकलाई तालिम दिएर मतदाता शिक्षा गाँउगाउँ तथा टोल टोल पु¥याउने लक्ष्य लिइएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको संख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । जिल्लामा १३९ मतदानकेन्द्र र ४०० मतदानस्थल रहेका छन् । यस पटक मतलाई कम भन्दा कम बदर हुन दिने गरि मतदाता शिक्षाको कार्यक्रम तयार गरिएकोले बदर मतको संख्या विगतका निर्वाचन भन्दा निकै कम हुने आशा गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । 

जिल्लाका सहरी क्षेत्रहरुभन्दा ग्रामिण क्षेत्रहरु र त्यसमा पनि दुर्गम मानिने ग्रामिण क्षेत्रहरुमा मतदाता शिक्षा अतिनै आवश्यक भएकोले औपचारिकतामा मात्र सिमित नभई गम्भीरतापूर्वक मतदाता शिक्षा दिनु आवश्यक रहेको नागरिक सरोकार मन्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...