बाजुरामा भोट भाषामा पढाइ सुरु

Published on

काठमाडौं । बाजुरामा भोट भाषाको पढाइ सुरु भएको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–९ डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा दलित जनजाती आवासीय विद्यालयले भोट भाषमा पढाइ सुरु गरेको हो । सिद्धेश्वरीमा प्राय भोटे समुदायका बालबालिकाहरु पठनपाठन गर्ने गर्छन् । विद्यालयले उनीहरुलाई त्यही आवासमा राखेर पढाउने गरेको छ । पछिल्लो समय भोटभाषा लोप हुँदै गएको भन्दै विद्यालयले त्यसलाई जेगर्ना गर्ने गरी यतीबेला भोटभाषाको पढाइ सुरु गरेको विद्यालयले जनाएको छ । यहाँका सरकारी काम काजमा प्राय राष्ट्रिय भाषा बोल्ने गरेको भएपनि अघिपछि उनीहरुले भोटभाषमा नै बोलचाल गर्ने गर्छन् । भोटभाषा पढाउँनका लागि विद्यालयले एक जना भोटभाषा अध्यन गरेको शिक्षक राखेर भोटभाषाको पढाइ गर्ने गरेको हो । 

२०७९ साल देखि यो विद्यालयले भोटभाषाको पढाइ सुरु गरेको हो । अहिले विद्यालयले कक्षा दुइ सम्म भोट भाषाको किताब ल्याएर पढाइ गर्दै आएको छ । विद्यायले यो भाषालाई अतिरिक्त क्रियाकपालमको रुपमा पढाउने गरेको छ । बिहान दश देखि चार बजे सम्म विद्यालयमा अरु अङ्ग्रेजी र नेपाली भाषामा पढाइ हुन्छ भने बेलुकी पाँच बजेदेखि छ बजेसम्म भोटभाषाको किताब पढाइ हुने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा ललित जनजाती आवासीय विद्यायलका प्राधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्यालय बाजुराको एक मात्र जनजातीको विद्यालय हो । यसमा प्राय जनजातीका बालबालिकाहरु पढ्ने गरेका छन् । ”

पुराना पुस्ताले बोल्दै आएको भोटभाषा अहिलेको नयाँ पुस्ताले बोल्न छोड्दै गएका छन् । बिस्तारै यो भोटभाषा लोप हँदै गएकोले यसको जगर्नेनाका लागि यो विद्यलयाले भोटभाषामा पढाइ सुरु गरेको प्राधानाध्यापक रावतले बताउनुभयो । हाम्रो बावु बाजेले प्राय भोट भाषा बोल्ने र पढ्ने गरेका थिए । अहिले हाम्रो पुस्ताले प्राय यो भाषा बोल्नै छोडेकोले यो भाष लोप हुने डरले यती बेला हामीले विद्यालयमा भोटभाषामा पढाई सुरु गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिह गुरुगले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुरादेखि यो भाषा लोप हुँदै गएकोले यसलाई बचाउनका लागि अहिलेकको नयाँ पुस्ताालाई यो भाष सिकानु अनिवार्य रहेको छ । त्यसैले भोटभाषा लोप नहुने गरी हामी यो विद्यालयमा भोटभाषाको पढाइ गरेका छौं । ” अहिले कक्षा दुइ सम्मको पढाइ हुन्छ । बिस्तारै कक्षा दुइदेखि कक्षा पाँचसम्मको किताव ल्याएर पनि पढाउने तयारी रहेको गुरुगले बताउनुभयो । विद्यालयमा अहिले झण्डै एक सय बीस जना बालबालिकाहरु पढ्ने गरेका छन् । ती मध्ये ६३ जना विद्यालयमा बसेर पढ्ने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...