ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

Published on

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेर काठमण्डौ फर्कनु भएको छ । पार्टीको प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने तयारीका लागि उहाँ राजधानी पर्कनु भएको बताईएको छ । झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार समेत रहनु भएका ओलीले निर्वाचन क्षेत्रमा पर्ने कमल, गौरादह र गौरीगन्ज पालिकाका एकसयभन्दा बढि स्थानहरुमा मतदाताहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको थियो । जहाँ प्रत्यक्ष रुपमा २५ देखि ३० हजार मतदातालाई ओलीले भेट्नु भएको थियो । ओलीले स्थानीयका गुनासा र मागहरुलाई सुनेर त्यसलाई कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउदै निर्वाचनमा जिताउन आग्रह गर्नु भएको निर्वाचन परिचालन समितिका संयोजक देबेन्द्र दहालले बताउनु भयो । ओलीले गरेको यस क्षेत्रको विकास र मायालाई स्थानीयले खुलेर प्रशंशा गरेको दहालको दाबी छ ।

ओलीको प्रत्यक्ष भेटघाट र घरदैलोले पार्टीका नेता कार्यकर्तादेखि लिएर आम मतदाताहरुमा नयाँ प्रकारको उत्साह देखिएको उहाँको भनाई छ । यो पटक ओलीले आफ्नो निर्वाचन क्षेत्रका विरामी तथा हिडडुल गर्न नसक्ने कतिपय मतदाताहरुको घरमा नै पुगेर हौसला समेत दिनु भएको उहाँले जानकारी दिनु भएको छ । ओलीले अझै यस क्षेत्रमा धेरै योजनाहरु अलपत्र रहेकाले त्यसलाई पुरा गर्नका लागि आफू लाग्ने प्रतिबद्धता जनाउनु भएको थियो । औधोगिक पार्क, रंगशाला लगायतका ठुला योजनाहरुको बिषयमा स्थानीय मतदाताहरुले प्रश्न तेस्र्याएका थिए । ओलीले आफूले बिगतमा गरेका बाचा र प्रतिबद्धतालाई पूर्णता दिने आश्वसन दिनु भएको छ । ओली यसैसाता पुन दमक आउने उहाँको सचिवालयले जनाएको छ । अहिलेलाई प्रत्यक्ष उम्मेद्वार सहितको भेटघाट स्थगन भएको हो । पार्टीको तर्फबाट घरदैलो र भेटघाट कार्यक्रम जारी रहने नेकपा एमालेका केन्द्रिय सदस्य दिपक कार्कीले बताउनु भयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहसंग नै मूख्य प्रतिस्पर्धा हुने देखेपछि ओलीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउदै आउनु भएको छ । शाहको चुनावी अभियान यहाँ आक्रमक रुपमा चल्दै आएको छ । यस निर्वाचन क्षेत्रमा ओली कि बालेन भनेर चर्चा चलाइएको छ । नेपाली काँग्रेसबाट मन्धरा पौड्या, नेकपाका रञ्जित तामाङ, श्रम सस्कृती पार्टीका समिर तामाङ लगायतका उम्मेद्वारहरु घरदैलो र मतदाता फकाउने अभियानमा तिब्र रुपमा लागिरहनु भएको छ । ओली र बालेनको चर्चाले अन्य उम्मेद्वारहरु भने ओझेलमा पर्दै आउनु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...