इरानको तनावबिच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

Published on

काठमाडौं । संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर फोर्ड, र यसको एस्कर्ट जहाज क्यारिबियनबाट पश्चिम एसियामा तैनाथ गरिरहेको न्यु योर्क टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई लिएर वासिङ्टन र तेहरानबिच वार्ता चलिरहेको समयमा इरान विरुद्ध सैन्य कारबाही कै बिच तैनाथी विकास भएको जनाइएको छ । हाल अमेरिकाले इरान माथि आफ्नो आणविक कार्यक्रमलाई लिएर सम्झौता गर्न दबाब बढाइ रहेको छ । न्युयोर्क टाइम्सले नाम न छाप्ने सर्तमा चार जना अमेरिकी अधिकारीले तैनाथी पुष्टि गरेको जनाएका छन् । युएसएस फोर्ड स्ट्राइक समूहको नयाँ अर्डरले यसलाई पर्सियन खाडीमा युएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक समूहमा सामेल गन जनाइएको छ । युएसएस लिङ्कन विमान वाहक मिसाइल दुई हप्ता भन्दा पहिले पश्चिम एसियामा आइपुगेका थिए ।

अमेरिकी समाचारले युएसएस फोर्डको लडाकु विमानले जनवरी-३ मा काराकसमा भएको आक्रमणमा भाग लिएको र राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गरेको रिपोर्ट गरेको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटपछि ट्रम्पले इरानले ’मिडनाइट ह्यामर’ प्रहार गरेकाले सम्झौतामा पुग्न असफल भएको उल्लेख गर्दै तेहरानले यस पटक जिम्मेवार तरिकाले कार्य गर्ने आशा गरेको बताउनु भएको छ । सन् २०२५ जुन-२१ मा, “अपरेसन मिडनाइट ह्यामर”अन्तर्गत, संयुक्त राज्य अमेरिकाले इरानी आणविक पूर्वाधार विरुद्ध आक्रमण गरी फोर्डो, नातान्ज र इस्फहानका तीन प्रमुख स्थललाई लक्षित गरेको जनाइएको छ । इरानले भने अमेरिकाले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रको बडापत्रको खुल्लम खुल्ला उल्लङ्घन गरेको भन्दै कारबाहीको माग गरेको छ ।

इरानी अधिकारी अली लारिजानीले अल जजिरासँगको अन्तर्वार्तामा ओमानमा वासिङ्टनसँग अप्रत्यक्ष वार्ता भइरहेको र संयुक्त राज्य अमेरिकाबाट अहिलेसम्म कुनै प्रस्ताव प्राप्त नभएको बताउनु भएको छ । वार्ता प्रक्रियामा वासिङ्टनको प्रवेशलाई “तर्कसंगत मार्ग” तिर अघि बढ्ने सङ्केतका रूपमा वर्णन गर्दै संयुक्त राज्य अमेरिकाले इरान प्रति सैन्य विकल्प भन्दा फरक दृष्टिकोण अपनाउनु पर्ने निष्कर्षमा पुगेको लारिजानीले उल्लेख गरेको इरानी मिडियाले जनाएको छ । यसबाहेक, उहाँले इरानलाई ऊर्जा र औषधिको उत्पादनका लागि संवर्धन आवश्यक रहेको भन्दै “शून्य संवर्धन” को छलफललाई अस्वीकार गर्नु भएको छ । उहाँले “यदि संयुक्त राज्य अमेरिकाले आक्रमण गर्यो यसको सैन्य आधारलाई लक्षित गर्ने चेतावनी दिएको इरना समाचार एजेन्सीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...