मुस्ताङ भन्सारको राजस्व ५ अर्ब ५९ करोड

Published on

काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –४, नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले माघ महिनासम्म झण्डै ५ अर्ब ६० करोडको हाराहारीमा राजस्व संकलन गरेको छ । ब्यावसायिक रुपमा भन्सार सञ्चालनमा आएको ६ महिनाको अवधिमा ५ अर्ब ५९ करोड ६ लाख राजस्व उठाएको भन्सार कार्यालयले जनाएको छ । चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला) बाट नियमित विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनरहरू भित्रिएसँगै माघ महिनासम्म ११ अर्ब ८६ करोड ९४ लाखको सामान पैठारी भएको छ । निकासीतर्फ २० करोड ३० लाख ३९ हजार बराबरको निर्यात भएको भन्सार कार्यालयका सूचना अधिकारी अबिन्द्र सिंहले बताउनुभयो । 

भन्सार कार्यालयमा आयात हुनेमा विद्युतीय सवारीसाधन, घरायसी सामान, कस्मेटिक, विद्युत्तीय उपकरणसहित कपडा, जुत्तालगायत रहेका छन् । नेपालबाट निर्यातमा हस्तकला सामग्री, कपडालगायतका सामान रहेको छ । हालसम्म २३ सय ४७ विद्युतीय सवारीसाधन प्रवेश गरेको छ । अत्यधिक जाडो तथा सडकमा हिउँ जमेको अवस्थामा पनि चिनियाँ विद्युतीय सवारीसाधन भित्रिएको सूचना अधिकारी सिंहको भनाइ छ । उपल्लो क्षेत्रमा बिहान र बेलुकीको समयमा माइनस तापक्रमका कारण चहलपहल कम भए पनि चिनियाँ भन्सारबाट आएका सामानहरूको जाँचपास भइरहेको भन्सार कार्यालयले जनाएको छ । चिनियाँ क्षेत्रबाट भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधन दिउँसो सिमा क्षेत्रबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म ल्याउन जाडोयाममा निकै सकस छ । भन्सार कार्यालयबाट जाँचपास भएका सामान सडक खण्डमा जमेको बरफ फुटाउँदै ढुवानी गर्ने गरिएको छ । 

कोरला नाका क्षेत्रमा ब्यवसाय गर्ने स्थानीयको संख्या समेत न्युन छ । यसैबिच रसुवा, तातोपानी भन्सार नाका खुलेसँगै बैकल्पिक मार्गको प्रयोगका लागि कोरला नाका खोज्ने ब्यापारीको संख्या घटेको छ । भन्सार कार्यालयमा सामान लिन गएका करिब २० कन्टेनर रहेका छन् । समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन  भएको नाका चालु आर्थिक बर्ष २०८२–८३ भदौ महिनाको ३० गतेदेखि ब्यावसायिक रुपमा सञ्चालनमा आएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...