नवलपुरको सीमा नाकामा आवागमन बन्द गरिने

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपुरको नेपाल–भारत सीमा नाकामा आवागमन पूर्णरूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सार्वजनिक सूचना जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म तीन दिन नेपाल–भारत सीमा नाका अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक ब्यारेज पुलबाट हुने आवागमन पूर्णरूपमा बन्द गरिने जनाएको छ ।

आकस्मिक सेवा (पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन) तथा भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकको आवागमनमा भने रोक लगाइने छैन । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जारी गरेको सूचनामा सम्बन्धित सबै पक्षलाई आवश्यक जानकारी लिन र सहकार्य गर्न अनुरोध गरिएको छ ।

मदिरा बिक्री–वितरणमा पूर्ण निषेध
यसैगरी सार्वजनिक सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्णरूपमा निषेध गरेको छ । निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन फागुन १८ गते बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्णरूपमा निषेध गरिएको हो ।

अटेर गरी मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ । साथै, सुरक्षा निकायबाट कडाइका साथ अनुगमन गरिने समेत जनाइएको छ । निर्वाचन अवधिभर सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा आम सर्वसाधारणसँग प्रशासनले आग्रह समेत गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...