म्याग्दीमा तयार भयो तारजालीसहितको मतगणनास्थल

Published on

काठमाडौं । म्याग्दीको बेनीमा मतगणनास्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर मतगणनास्थल तयार पारेको हो । मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणनास्थललाई तारजाली, सिसि टिभी जडान लगायतका कामहरु सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले जानकारी दिनुभयो । तारजाली लगाएपछि मतगणना कार्य सुरक्षित र पारदर्शी हुने उहाँले बताउनुभयो । मतगणनास्थलमा तारजाली लगाउने, सुरक्षा पोष्ट र आवश्यक अन्य संरचना निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गणनास्थलमा सिसी क्यामेरासहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ । मतगणना स्थलमा वाहिरबाट कोही पनि भित्र पस्न नसकुन भनेर तारजाली लगाइएको छ ।

मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरुले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो  । उहाँले भन्नुभयो, ‘‘मतगणना सुुरु भएपछि गणनास्थलको सुरक्षा कडा पारिने छ । तारबार लगाइएको छ । मतगणनास्थलमा सिसी क्यामेरा राखिएको छ । कोही प्रतिनिधि फड्किएर मतपत्र भेट्न सक्दैनन् ।’’ उहाँका अनुसार जिल्ला समन्वय समितिको कार्यालयका कोठाहरुमा मतपेटिका सङ्कलन गर्ने ठाउँ समेत तयार पारिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...