पूर्वी लेबनानको बालबेकमा इजरायली हवाई आक्रमण, चारको मृत्यु, छ जना घाइते

Published on

काठमाडौं । इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको जनाइएको छ । उद्धार टोलीले अझै पनि क्षेतिग्रस्त भवनको भग्नावशेष मुनि फसेका मानिसलाई निकाल्ने काम गरिरहेको लेबनानी राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

इजरायली सेनाले यस अघि नै लेबनानका बासिन्दाका लागि निकासी चेतावनी जारी गरेको थियो । यस अघि लेबनानको स्वास्थ्य मन्त्रालयले माउन्ट लेबनान गवर्नरेटको आरामौन र सादियातका क्षेत्रलाई लक्षित गरी गरेको इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएको घोषणा गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...