सल्यानमा तीन हजार ४५८ मत बदर

Published on

काठमाडौं । सल्यानमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको मतमध्ये तीन हजार ४५८ मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार जिल्लामा रहेका एक लाख ६२ हजार ४४९ मतदातामध्ये ८३ हजार १६७ मत खसेको थियो। तीमध्ये ७९ हजार ४४९ मत मात्र सदर भएको जनाइएको छ। मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीका अनुसार यस निर्वाचनमा रमेश कुमार मल्ल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार मल्लले २३ हजार एक सय ८९ मत प्राप्त गरी विजयी हुनुभएको हो।

उहाँका निकटतम प्रतिद्वन्द्वी ललित कुमार चन्दले २० हजार ९०४ मत प्राप्त गर्नुभएको छ। मल्लले चन्दलाई दुई हजार २८५ मतान्तरले पराजित गर्नुभएको हो। यसैगरी केश बहादुर विष्ट (नेपाली कांग्रेस) ले १७ हजार ५५८ मत, गुलाब जंग शाह (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) ले १५ हजार ३७३ मत तथा अनिषा नेपाली (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ९०२ मत प्राप्त गर्नुभएको छ। जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकृत तेजेन्द्र कुमार चन्द का अनुसार अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता रहेकामा प्रत्यक्षतर्फ ८३ हजार ७०४ मत खसेको थियो। तीमध्ये ७६ हजार ३२८ मत सदर र सात हजार ३७६ मत बदर भएका थिए, जुन कुल खसेको मतको ८.८१ प्रतिशत हो।

त्यस्तै समानुपातिकतर्फ ८४ हजार ७८९ मत खसेकामा ६ हजार २१५ मत बदर भएको थियो। प्रदेशसभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ ४ देखि ६ प्रतिशतसम्म तथा समानुपातिकतर्फ ७.५१ प्रतिशत मत बदर भएको तथ्याङ्क जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...