इलाम–१ मा अग्रता बढाउँदै एमालेका काजीमान

Published on

काठमाडौं । इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै जानुु भएको छ । अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेका कागतेले सात हजार ४३८ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ।  श्रम संस्कृति पाटीका बिनोद नेम्वाङले ६ हजार ६४२ मत प्राप्त गर्नुभएको छ। कागते र नम्वाङको मतान्तर सात सय ९६ रहेको छ । यस्तै  नेपाली कांग्रेसका निश्कल राईको ६ हजार ४९३ मत प्राप्त भएको छ । रास्वपाका विमल गदालको चार हजार १३९ मत प्राप्त भएको छ ।

इलाम– १ मा सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, माइ नगरपालिका, इलाम नगरपालिका–१०, सूूर्योदय नगरपालिका–७ र रोङ गाउँपालिका –५ को मत गणना सम्पन्न भइसकेको छ । अहिले सम्ममा ३० हजार ५४४ मत गणना भएको छ । इलाम– १ मा  ६३ हजार ६९५ मत खसेको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...