जनताको मतको सम्मान गर्छु : सुहाङ नेम्वाङ

Published on

काठमाडौं । इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का सुहाङ नेम्वाङले इलाम –२ का मतदातालाई धन्यवाद दिंदै एक–एक मतको मुुल्याङ्कन हुने गरेर काम गर्ने बताउनुु भएको छ । आज सदरमुुकामस्थित इलाम चोकबजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै नेम्वाङले इलाम –२ मा तीन वर्षमा तीन पटक चुनाव लड्दै गर्दा हरेक निर्वाचनमा इलामले दिएको मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । २०७९ सालको निर्वाचनमा बुुबा सुुबास लड्दै गर्दा निकै कठिन भएको स्मरण गर्दै नेम्वाङले २०८१ को उपनिर्वाचनमा विश्वास गरेर इलामले दिएको मतलाई संसदको १६ महिने यात्रामा नास हुन नदिएको बताउनुभयो । अहिले पनि इलामे नागरिकले दिएको विश्वास खेर जान नदिने बताउनुुभयो । ‘यस पटक नम्बरमा सानो हुँला तर संसदमा गएर एमालेको अभिमत र इलामले दिएको एक–एक मतलाई गर्वका साथ राख्ने छुु’ नेम्वाङले भन्नुुभयो ‘तपाईहरुले जहाँ गएर पनि मैले सुुहाङलाई भोट हालें भन्नुुभयो भने त्यो कुराले तपाईंको शीर उच्च हुनेछ । शीर उच्च हुनेगरि काम गर्नेछुु ।’ 

देशलाई अप्ठ्यारो पर्दा होस् वा सरकारले नराम्रो कदम चाल्दा आफूले त्यस्तो कदम सच्याउन हरेक पटक आग्रह गरिरहेको स्मरण गर्दै नेम्वाङले यो जितपछि पनि देश र जनताका पक्षमा सधैं दह्रो भएर उभिने अठोट गर्नुभयो । नेम्वाङले विपद्मा परेको इलामको लागि अधुुरा काम पूरा गर्ने र पुुनर्निमाणका लागि अगाडि बढ्ने दायित्व आफ्नो काँधमा रहेको बताउनुुभयो । नेम्वाङ २२ हजार चारसय २६ मत प्राप्त गरी विजयी हुनुुभएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...