धनुषा–१ मा उम्मेदवारी खारेज प्रकरण : किशोरी साहको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

Published on

काठमाडौँ — निर्वाचन आयोग ले उम्मेदवारी खारेज गरेका किशोरीलाल साह (रास्वपा, धनुषा–१) ले दायर गरेको रिटमाथि सर्वोच्च अदालत मा सुनुवाइका लागि पेसी तोकिएको छ। साहले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै आयोगलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। उक्त रिटमाथि न्यायाधीश नृपध्वज निरौला को एकल इजलासमा सुनुवाइ हुने तय भएको छ।

ठेक्कापट्टा व्यवसायबाट राजनीतिमा प्रवेश गरेका साहको उम्मेदवारी कालोसूचीमा रहेको उजुरीपछि आयोगले खारेज गरेको थियो। कर्जा सूचना केन्द्रको वेबसाइटमा ‘किशोर कन्स्ट्रक्सन’का सञ्चालक साहलाई २०७९ असोज ३१ र २०८० पुस ६ मा कालोसूचीमा राखिएको उल्लेख भएपछि आयोगले उनको उम्मेदवारी रद्द गरेको जनाएको छ। २१ फागुनमा भएको निर्वाचनभन्दा दुई दिनअघि आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

धनुषा–१ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट रामचन्द्र मण्डल, नेपाली कांग्रेस बाट राम पलटन साह र नेपाल कम्युनिस्ट पार्टी बाट मातृकाप्रसाद यादव लगायत उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा मतगणना सम्पन्न भइसकेको भए पनि मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक नगर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...