दाङमा १० हजारभन्दा बढी मत बदर

Published on

काठमाडौं । दाङ जिल्ला मा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजारभन्दा बढी मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको कुल २ लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो। लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवर का अनुसार जिल्लामा ४.२५ प्रतिशत मत बदर भएको छ।

सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र नं १ मा देखिएको छ। उक्त क्षेत्रमा ८० हजार ४४६ मत खसेकामा ४ हजार ५७ मत बदर भएको छ। त्यस्तै क्षेत्र नं ३ मा ८८ हजार ६१७ मतमध्ये ३ हजार ७७६ मत बदर भएका छन् भने क्षेत्र नं २ मा ८२ हजार ३०५ मत खसेकामा २ हजार ८६५ मत बदर भएका छन्। यद्यपि, अघिल्ला निर्वाचनको तुलनामा यसपटक बदर मत केही घटेको देखिएको छ। २०७९ सालको निर्वाचनमा ४ लाख १४ हजार ९५६ मत खसेकामा १४ हजार ७०९ मत बदर भएका थिए, जुन ५.९२ प्रतिशत थियो।

सूचना अधिकारी कुँवरका अनुसार विगतमा गठबन्धन दलहरूबीच चुनाव हुँदा निर्वाचन चिह्नको जटिलताका कारण मत बदर बढी हुने गरेको थियो। यसपटक त्यस्तो समस्या कम भएकाले बदर मत केही घटेको हुनसक्ने उनले बताए। तर, बदर मत उल्लेख्य रूपमा भने घट्न नसकेको उनको भनाइ छ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...