सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिक तर्फ ९२ हजारभन्दा बढी मत बदर

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ ।  फागुन २१ गते भएको मतदान समाप्तसँगै विभिन्न क्षेत्रको मत गणनासम्पन्न पछि सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार प्रत्यक्ष तर्फ खसेको मत मध्ये ५१ हजार ५६ सङ्ख्यामा मत बदर भएको छ भने समानुपातिक तर्फ ४१ हजार ६२४ मत बदर भएको छ । सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा जम्मा मतदाता सङ्ख्या १७ लाख १६ हजार ६६० भएपनि आठ लाख ७४ हजार मत खसेको थियो ।

प्रत्यक्ष तर्फ बैतडी जिल्लामा पाँच हजार ११३ , कञ्चनपुर १ मा तीनहजार ७३४, २ मा चार हजार २३०, ३ मा चार हजार ६६३, डडेल्धुरामा दुईहजार ४७६, दार्चुलामा दुईहजार ४७ मत बदर भएको छ । त्यसैगरी बाजुरामा एकहजार ३४६, अछाम १ मा एकहजार ३०८, अछाम २ मा एकहजार ६४३, बझाङमा तीन हजार १६१, डोटीमा दुई हजार ९७४ मत बदर भएको छ । पाँच निर्वाचन क्षेत्र रहेको कैलाली १ मा चार हजार २१४, २ मा तीन हजार ५६८, ३ मा तीन हजार ३१६, ४ मा तीन हजार ६५८ र ५ मा तीन हजार ६०५ मत बदर भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी समानुपातिक तर्फ बाजुरामा १२ सय, अछाम १ मा एकहजार ११९, अछाम २ मा एकहजार ५३१ , बझाङमा दुई हजार ९५२, डोटीमा दुई हजार ४६९ मत बदर भएको छ ।  कैलाली निर्वाचन क्षेत्र १ मा तीन हजार २५८, २ मा दुई हजार ६४६, ३ मा दुई हजार ९१३, ४ मा दुई हजार ९०७, ५ मा दुई हजार ८०७ मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर १ मा तीन हजार २३४, २ मा तीन हजार ४३०, ३ मा तीन हजार ३९९, बैतडीमा चार हजार १२६, दार्चुलामा एक हजार ६०८ र डडेल्धुरामा दुई हजार २५ मत बदर भएको छ । 

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले विगतको तुलनामा मत बदर कम भएको जनाउनुभयो । उहाँले विभिन्न क्षेत्रको मत गणना रिर्पोबाट आएको जानकारी अनुसार मत बदर हुने कारण खाली मत पत्र, दुई ठाउँमा मत सङ्केत गर्नु र औँठा छाप लगाउनु रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा पहिलो हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली तर्फ २५ दलले निर्वाचनमा भाग लिएका थिए ।१६ निर्वाचन क्षेत्र रहेको उक्त प्रदेशमा एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेको जनाइएको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...