सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

Published on

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका चार लाख ४६ हजार ४ सय २ मतदातामध्ये समानुपातिक प्रणालीतर्फ दुई लाख ९३ हजार ६ सय १० मत खसेको थियो । खसेको कुल मतमध्ये १६ हजार १ सय २५ मत बदर भई दुई लाख ७७ हजार ४ सय ८५ मत सदर कायम भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो । सप्तरीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्वाधिक मत प्राप्त गरी पहिलो दल बनेको छ । रास्वपाले एक लाख ४९ हजार १ सय ८६ मत प्राप्त गरेको छ । यस्तै ३६ हजार ६८ मतसहित जनता समाजवादी पार्टी (जसपा) नेपाल दोस्रो र २६ हजार ९ सय ६३ मतसहित नेपाली कांग्रेस तेस्रो स्थानमा रहेका छन् । यसैगरी १८ हजार ९ सय १ मत प्राप्त गरी जनमत पार्टी चौथो तथा १३ हजार ७३ मतसहित नेकपा (एमाले) पाँचौँ स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसअघि प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार सप्तरीमा १९ हजार ५ सय ६८ मत बदर भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...