स्कार्पिओको ठक्करबाट एकको मृत्यु, एक घाइते

Published on

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार, कोशी गाउँपालिका वडा नं. ४ को कोशी कटानमा पूर्व–पश्चिम राजमार्गमा इनरुवाबाट भाण्टाबारी तर्फ आउँदै गरेको स १ च ९२१ नम्बरको स्कार्पिओले विपरीत दिशाबाट आउँदै गरेको मदेश प्रदेश ०६–००१ प ०९५२ नम्बरको ३५० सिसिको रोयल बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करमा मोटरसाइकल चालक, सप्तरीको विष्णुपुर नगरपालिका वडा नं. २ का २८ वर्षीय सञ्जय साहको मृत्यु भएको छ। उनलाई तत्काल जिल्ला अस्पताल इनरुवामा ल्याइयो, तर चिकित्सकले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए। मोटरसाइकलमा पछाडि सवार राजविराज निवासी २५ वर्षीया पुष्पा साह घाइते भएकी छन् र उनको उपचार जारी छ।

घाइते साहको टाउको, हात र खुट्टामा चोट लागेको र उनी गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी कटानको नियन्त्रणमा राखिएको छ भने स्कार्पिओ र चालक, सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ६ का २५ वर्षीय रन्जित कुमार चौधरी, इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। ट्राफिक प्रहरीले दुर्घटना सडकमा ध्यान नदिने, तीव्र गति र सवारी कागजात नखुल्ने कारणले भएको अनुमान गरेको छ।

यसैबीच, फरक घटनामा सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ बैठार चोकमा प्र १–०२–०५१ प ९६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरूमा मोटरसाइकल चालक ईटहरी उप–महानगरपालिका वडा नं. १३ खनारका ३० वर्षीय सुसान्त चौधरी र पछाडि सवार २४ वर्षीय पवन चौधरी रहेका छन्। दुवै जनाको टाउकोमा चोट लागेको र सुसान्तको बायाँ खुट्टा भाँचिएको बताइएको छ। उनीहरूको उपचार बिराट टिचिङ अस्पताल, टंकिसिनुवारी, मोरङमा भइरहेको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी सिंगिया अन्तर्गत राखिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...