चीनद्वारा दुई परीक्षण उपग्रह अन्तरिक्षमा प्रक्षेपण

Published on

काठमाडौं । चीनले पृथ्वी अवलोकन सम्बन्धी प्रविधिको परीक्षणका लागि दुई वटा नयाँ परीक्षण उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट शुक्रबार बिहान उक्त उपग्रह प्रक्षेपण गरिएको हो । बेइजिङ समयअनुसार बिहान ६:३३ मिनेटमा लङ मार्च-२डी नामक रकेट प्रयोग गरी उपग्रह अन्तरिक्षतर्फ पठाइएको थियो । प्रक्षेपणपछि ती दुवै उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रवेश गरेका छन् । यसलाई चीनको अन्तरिक्ष कार्यक्रमका लागि अर्को सफल उपलब्धि मानिएको छ ।

प्रक्षेपित उपग्रह परीक्षण प्रकृतिका हुन् र मुख्यरूपमा पृथ्वी अवलोकन सम्बन्धी प्रविधिको परीक्षण तथा प्रमाणीकरणका लागि प्रयोग गरिने जनाइएको छ । वैज्ञानिकले यसबाट विभिन्न अन्तरिक्ष प्रविधि, उपकरण र प्रणालीको कार्यक्षमता परीक्षण गर्ने अपेक्षा गरेका छन् । यस प्रकारका उपग्रहले पृथ्वीको सतह, वातावरण तथा अन्य प्राकृतिक अवस्थाबारे महत्वपूर्ण जानकारी सङ्कलन गर्न सहयोग पुर्याउँछन् । 

प्राप्त तथ्यांक भविष्यमा वैज्ञानिक अनुसन्धान, मौसम अध्ययन, विपद व्यवस्थापन तथा अन्य अन्तरिक्ष प्रविधिको विकासमा उपयोगी हुन सक्छ । यस प्रक्षेपणसँगै लङ मार्च रकेट शृङ्खलाको ६३२औँ उडान अभियान सफलतापूर्वक सम्पन्न भएको छ । चीनले पछिल्ला वर्षमा आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइ रहेको छ र विभिन्न वैज्ञानिक तथा प्राविधिक प्रयोगका लागि नियमितरूपमा उपग्रह प्रक्षेपण गर्दै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...