मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

Published on

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो क्षेत्रमा ठुलो सङ्ख्यामा नेपालीहरू समस्यामा रहेको बताउनुभएको हो । डा. नेपालले सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको भनी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै धेरै नेपालीहरू स्वदेश फर्कन आतुर रहेको उल्लेख गर्नुभयो । द्वन्द्व जारी रहेकाले असुरक्षित महसुस गरी घर फर्कन चाहनेहरूलाई उद्धार गर्न ढिलाइ गर्न नहुने उहाँको तर्क छ। श्रमविज्ञ नेपालका अनुसार हालसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा आफूहरू असुरक्षित रहेको भन्दै नाम दर्ता गराइसकेका छन् । “यो सङ्ख्या अझ बढी हुन सक्छ, किनभने अवैध रूपमा कार्यरत धेरै नेपालीहरू कानुनी झन्झटमा पर्ने डरले पोर्टलमा सूचीकृत हुन हिचकिचाइरहेका छन्,” उहाँले भन्नुभयो ।

प्राथमिकताका आधारमा उद्धार गर्न सुझाव

डा. नेपालले सरकारको प्रयास सकारात्मक भए तापनि उद्धार कार्यमा अपेक्षित प्रभावकारिता नदेखिएको टिप्पणी गर्नुभयो । उहाँले गर्भवती महिला, अवैध रूपमा रहेका नेपाली र बढी जोखिमपूर्ण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई प्राथमिकताका आधारमा उद्धार गर्नुपर्ने सुझाव दिनुभयो । द्वन्द्वको समयमा सम्बन्धित देशहरूले आफ्ना नागरिकलाई मात्र सुरक्षा दिने र आप्रवासीहरू बढी जोखिममा पर्ने गरेको उहाँको अनुभव छ । सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको समेत उहाँले औँल्याउनुभयो । “सरकारले ‘सुरक्षित रहनुहोला’ भनेर मात्र सूचना दिइरहेको छ, तर कसरी सुरक्षित हुने र कहाँ के भइरहेको छ भन्ने यथार्थ जानकारी दिन सकेको छैन,” उहाँले भन्नुभयो । त्यहाँ रहेका नेपालीहरूलाई दैनिक कम्तीमा दुई–तीन पटक वस्तुस्थितिको बारेमा जानकारी गराउनु सरकारको दायित्व भएको उहाँको भनाइ छ । धेरै नेपालीहरू मानसिक रूपमा त्रसित (प्यानिक) अवस्थामा रहेको उल्लेख गर्दै डा. नेपालले सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...