मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Published on

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति भारतिय नम्बर प्लेट (विआर ३८ एपी ४२८२) नम्बरको मोटरसाइकल अनियन्त्रित भई को २ स १६२ नम्बरको कवाडी बोकेको ईभी लोडरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१८ बस्ने ३० वर्षीय अजय मण्डल गम्भीर घाइते हुनुभएको थियो । मोरङ प्रहरीले दिएको जानकारी अनुसार दाहिने हात र दाहिने खुट्टा भाँचिएको अवस्थामा प्रहरी टोलीले उद्धार गरी तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि लगेको थियो ।

प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नोबेल अस्पताल पठाइ पनि उपचारकै क्रममा आइतबार बिहान चिकित्सकले मण्डललाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा कवाडी बोकेको ईभी लोडर र चालक विराटनगर–१८ बस्ने १९ वर्षीय मोहम्मद मोसिमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...