सेवारखोला पुलको ५० प्रतिशत भौतिक प्रगति

Published on

काठमाडौं । घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा निर्माणाधिन पुलको ५० प्रतिशत भौतिक प्रगति भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने सेवारखोला पुल निर्माणको म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा पुल निर्माणको आधा काम सकिएको हो ।  पुल सेक्टर कार्यालय बाँकेका इन्जिनियर सुरेश चौधरीका अनुसार चारलेन पुलको सब–स्ट्रक्चरअन्तर्गत पिलर निर्माणलगायतको पुलको तल्लो संरचना निर्माणको काम सकिएको छ । पुलको सब–स्ट्रक्चरको काम सकिएपछि सुपर–स्ट्रक्चरको काम सुरु गर्ने तयारी रहेको इन्जिनियर चौधरीले बताउनुभयो । सुपर–स्ट्रक्चरअन्तर्गत पुलका दुई स्पानमध्ये चैत महिनाभित्र एउटा स्पान ढलान गर्ने तयारी भइरहेको इन्जिनियर चौधरी बताउनुहुन्छ ।

पछिल्लो समय पुल निर्माणको काम धमाधम भइरहेको भन्दै इन्जिनियर चौधरीले भन्नुभयो,“पुलको सब–स्ट्रक्चर निर्माण सकिएको छ । अव चैत महिनाभित्र एउटा स्पान ढलान गर्ने तयारी भइरहेको छ । त्यो काम सकिएपछि अर्काे स्पान ढलान हुनेछ ।’ इन्जिनियर चौधरीले सम्झौता मितिमै पुल निर्माणको काम सम्पन्न गर्नेगरी ताकेता गरिएपनि निर्माणमा केही ढिलाइ भएको बताउनुभयो । चारलेन पुल निर्माणका लागि एमएस रायमाझी कन्स्ट्रक्सन जेभी, काठमाडौंसँग २०८० जेठ ३० गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले २०८३ जेठ २८ गतेभित्र पुल निर्माणको काम सक्नुपर्ने भएपनि ढिलाई भएको बताउनुभयो । ७० मिटर लम्बाइ र २० दशमलव ५ मिटर चौडाइको उक्त पुल निर्माणका लागि २३ करोड २२ लाख ४३ हजार तीन सय रुपियाँमा ठेक्का सम्झौता भएको पुल सेक्टर कार्यालय बाँकेले जनाएको छ ।

हालसम्म निर्माण कम्पनीले करिब ४१ प्रतिशत अर्थात् ९ करोड ५२ लाख १९ हजार रुपियाँ भुक्तानी लगिसकेको छ । सम्झौता मितिमै पुल निर्माणको काम सक्ने गरि तयारी भएपनि बजेट अभावका कारण पुल निर्माणमा ढिलाई हुन गएको निर्माण कम्पनीका प्रतिनिधि प्रकाश रानाले बताउनुभएको छ । सेवारखोला पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा घोराही–तुलसीपुर सडक खण्डमा हुने आवागमन समस्या हट्ने छ । सेवारखोलासँगै घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत हापुरखोला र कालाखोलामा चारलेन तथा ग्वारखोलामा दुईलेन पुल निर्माणको काम  भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...