फुटबल टोलीको बन्द प्रशिक्षणमा ४९ खेलाडी

Published on

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हङकङसँग यही चैत १२ गते हुने मैत्रीपूर्ण खेलका लागि ४९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । राष्ट्रिय पुरुष टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले बन्द प्रशिक्षणका लागि खेलाडी बोलाउनुभएको हो । खेलाडीको प्रदर्शनका आधारमा अन्तिम टोली घोषणा गरिनेछ । प्रशिक्षणमा बोलाईएका खेलाडीहरुमा अभिषेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिकबिष्ट, अविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार र दीप कार्की हुनुहुन्छ । 

यस्तै दिपेश गुरुङ, दिनेश हेन्जन, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, गिलेस्पे जंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिश रत्न छुन्जु, कुशल देउवा, लच्छु थापा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ र पेम्बा दोर्जे लामा पनि टोलीमा पर्नुभएको छ । प्रशिक्षणमा बोलाईएका अन्य खेलाडीमा प्रदिप बुढाथोकी, प्रदीप लामा, प्रताप सिंग राई, रामबाबु कुमार शा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिष श्रेष्ठ, सरज तामाङ, शंकर थारु, सृजनराज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...