बृहत् पाशुपत पदयात्रा हुने

Published on

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा २०८२ को आयोजना हुने भएको छ । यही चैत १५ गते पशुपतिनाथमा शुभारम्भ, १६ गते काठमाडौंबाट टोली प्रस्थान गरी १७ गते सिन्धुलीस्थित आदिलङ्ग कुशेश्वर पुगेर आसपासका ६४ सिद्धलिङ्गको परिव्रmमा गरिने आयोजकहरुले जनाएका छन् । पदयात्रा दोलखा, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौंस्थित ज्योतिर्लिङ्को ३५–४० दिने परिव्रmमा गरेर पशुपति क्षेत्रमा समापन हुने छ । पदयात्राबारे जानकारी गराउने उद्देश्यले पआयोजित प्राज्ञिक उद्बोधन तथा पत्रकार साक्षात्कार कार्यक्रममा पदयात्राका सङ्कल्पकर्ता तथा महेश संस्कृत गुरुकुलम्का अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरिले राष्ट्रदेव पशुपतिसमक्ष क्षमायाचना गर्दै राष्ट्रका सबै अभिशापबाट मुक्तिको प्रार्थना गर्न पदयात्रा गरिन लागेको जानकारी दिनु भयो । 

यो पदयात्रा प्रताप मल्लले रानीपोखरीको पानी भर्दा गरेको तीर्थ यात्रा र विरुपाक्ष तथा नेमुनिले गरेजस्तै ६४ सिद्धस्थलको पैदल यात्रा गरी दर्शन, धर्मसभा, धर्मराज्य स्थापनाका लागि उद्घोष गरिने बताउनु भयो । उहाँले राष्ट्रदेव पशुपतिनाथको आराधनामा हिन्दु, किराँत, बौद्ध सबै धर्मावलम्बी तथा सबै सम्प्रदाय वा पन्थका अध्यात्मानुरागी नेपालीलाई यस महाअभियानमा सहभागी बन्न प्रेरणा दिनुभयो । नेपाल सन्त समाजका अध्यक्ष एवम् हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले पदयात्रामा बढीभन्दा बढी सहभागिताका सबैसँग आग्रह गर्नुभयो । ६४ सिद्धलिङ्का शास्त्रीय तथा स्थलगत अध्ययन गरेका अनुसन्धाता तथा पदयात्रा आयोजक समितिका सचिव श्यामकृष्ण सुवेदीले काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशका १० जिल्लामा अवस्थित सिद्धस्थल तथा ज्योतिर्लिङ्गहरूका विशेषता र महत्व प्रकाश पार्नुभयो । उहाँका अनुसार आदिलिङ्ग कुशेश्वरदेखि हुने करिब एक हजार किलोमिटरको पैदल यात्राको रुटबारे जानकारी गराउनु भएको थियो । 

पाशुपत पदयात्राका संयोजक आचार्य श्रीकपिलदेव सुवेदीले नेपाल, भारत र बर्माका सिद्धपीठका साधुसन्त, धर्माचार्य तथा श्रद्धालुको पनि सहभागिता रहने पदयात्रामा सहभागी बनी आध्यात्मिक लाभ लिन आह्वान गर्नुभयो । पूर्वसचिव भीमप्रसाद उपाध्यायले सन्तमहात्माको सत्सङ्कल्पमा समायोजित नेपालको कीर्ति विश्वसामु फैलयाउने र धर्मराज्यका रूपमा नेपाललाई पुनःस्थापित गर्ने उद्देश्यसाथ आयोजना हुन लागेको पाशुपत परिक्रमामा यथासम्भव सहभागिता जनाउन आग्रह गर्नुभयो । प्रा.डा. मुकुन्दप्रसाद लामिछानेले देवभूमि, तपोभूमि, ज्ञानभूमि नेपालका राष्ट्रदेव पशुपतिनाथ समक्ष क्षमायाचनापूर्वक राष्ट्रमा स्थायित्व, राष्ट्रिय एकता र धर्मराज्यको स्थापनार्थ ६४ सिद्धलिङ्गको परिव्रmमाको औचित्य निकै रहेको बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...

फुटबल टोलीको बन्द प्रशिक्षणमा ४९ खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हङकङसँग यही चैत १२ गते हुने मैत्रीपूर्ण...