सुनसरीमा ग्यास–पेट्रोलियम आपूर्ति व्यवस्थापन निर्देशन

Published on

काठमाडौं । सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग व्यवसायीलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले व्यवसायीलाई ग्यास र पेट्रोलियम वितरण प्रणालीलाई व्यवस्थित बनाउन, अनावश्यक भण्डारण नगर्न, र एउटाले अर्को कम्पनीको खाली सिलिण्डर भण्डार नगर्न निर्देशन दिनुभएको छ। उहाँले निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति नरहेको भन्दै सहकार्यका लागि समेत आग्रह गर्नुभयो।

जिल्लामा रहेका ग्यास उद्योग तथा विक्रेताले दैनिक रूपमा प्राप्त र वितरण गरिएको ग्यासको अभिलेख राख्न, अनावश्यक भण्डारण नगर्न, तोकिएको मूल्यभन्दा बढीमा नबेच्न र सेवाग्राहीलाई पालोअनुसार वितरण सुनिश्चित गर्नुपर्ने छ। यसका साथै प्रमाणपत्र प्राप्त विक्रेताले मात्र बिक्री–वितरण गर्न पाउने व्यवस्था कडाइका साथ लागू गरिने छ। प्रशासनले चेतावनी दिएको छ कि यदि ग्यास वा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरियो वा कालोबजारी गरियो भने कालोबजारी तथा अन्य सामाजिक अपराध र सजाय ऐन २०३२ अनुसार कडा कारबाही गरिनेछ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...