त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

Published on

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।गाउँपालिकाले ५० देखि ८५ प्रतिशतसम्मको अनुदानमा ६२ लाख रुपियाँ बराबरको कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो । पालिकाका पाँच वटै वडामा अलैँची बाली नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिनुभएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन इकाईको मापदण्डमा आधारित रहेर सञ्चालन हुने १२ लाख रुपियाँ बजेटको यो कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था भएको पालिकाले जनाएको छ । वडा नं.१,२ र ३ मा सञ्चालन हुने सुन्तला बिस्तार कार्यक्रममा पालिकाले १० लाख रुपियाँ बजेट खर्च गर्ने भएको छ । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत सर्शत अनुदान कार्यक्रम मार्गदर्शन बमोजिम यो कार्यक्रमका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।

आठराई त्रिवेणी गाउँपालिकाको वडा नं.२, ३ र ४ मा सञ्चालन हुने अलैँची खेती प्रर्वद्धन कार्यक्रमका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको पालिकाले जनाएको छ । ४० लाख रुपियाँ बजेट रहेको उक्त कार्यक्रम कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहमा वित्तीय हस्तान्तरण मार्फत सर्शत अनुदान कार्यक्रम मार्गदर्शन बमोजिम सञ्चालन हुन लागेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रधानले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...