सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

Published on

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा तीन जनाको साथबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद गरेको हो ।

प्रहरीले लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ समेत गरेको र उनीहरूको साथबाट फेला परेको लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनुभयो । थेवेका अनुसार सुनसरीको कोशी गाउँपालिका वडा नंम्बर १ भन्सार टोलमा भारतबाट नेपालतर्फ आँउदै गरेको प्रदेश १–०२–०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक जिल्लाको दुहवी नगरपालिका वडा नं.–२ का २१ वर्षीय सुशान्त चौधरी र  दुहवी १० का २५ वर्षीय मेराज चौधरीको साथबाट ८.११ ग्राम ब्राउन सुगर र एक थान मोटरसाइकल बरामद भएको छ ।

त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ ढलान रोडबाट पैदलयात्री  मोरङको कानेपोखरी गाउँपालिका वडा नं.–७ का ३४ वर्षीय सुरेन्द्र जिमीको साथबाट ६.३९ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।  दुई स्थानबाट तीन जनाको साथमा १४ .५० ग्राम ब्राउन सुगर बरामद गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...