सवारी दुर्घटना एकको मृत्यु

Published on

काठमाडौं । महोत्तरीमा सवारी दुर्घटना मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार धनुषाको ढल्केबरबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०७३८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मप्र०२–००८ प ९४६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक बर्दिबास नगरपालिका–१४ निवासी ४१ वर्षीय अशोक साह गम्भीर घाइते हुनु भएको थियो । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उहाँलाई तत्काल बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रकलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमले जानकारी दिनुभयो । फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको बर्दीबास प्रहरीले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...